IME Life

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट बैंकको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २३ साधारण सभा बोलाएको बैंकले पुष ४ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ यसर्थ, बिहीबारसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । सभा लैनचौर ब्यांकेट, लैनचौरमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

सभामा बैंकको ७ प्रतिशत अग्राधिकार सेयर साधारण सेयरमा परिणत भएपश्चात पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्ने प्रस्ताव रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयरपछि ८ अर्ब ४७ करोड रुपैयाँ पुँजी पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS