युनाइटेड इन्स्योरेन्सको आजबाट १ लाख ५७ हजार कित्ता सेयर लिलामी बिक्री खुला

Citizen Life Insurance Co

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको आजबाट १ लाख ५७ हजार ६४९.६० कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले यसअघि लिलामी गर्दा नबिकेको संस्थापक समूहको आजबाट फेरि लिलामीमा ल्याइएको जनाएको छ ।

कम्पनीले लिलामीमा ल्याएको उक्त शेयरमा पुस १० गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले यसअघि मंसिर १० गतेबाट १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।

एनएमबि क्यापिटल, नागपोखरी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ, घोराही, सुर्खेत र महेनद्रनगरबाट पनि आवेदन दिन सकिनेछ । एनएमबिकै विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी सेयरमा आवेदन दिन पाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार