IME Life

चार महिनामा विदेशबाट भित्रियो तीन खर्ब चार अर्ब

SPIL
NIC ASIA

कठमाडौं । गत चार महिनामा विदेशमा रहेका नेपालीहरुले पसिना बगाएर कमाएको तीन खर्ब चार अर्ब रुपैयाँ स्वदेश भित्राएका छन् । नेपाल राष्ट्र बैंकले आज चार महिनाको देशको आर्थिक स्थिति सार्वजनिक गर्दै यस्तो विवरण बाहिर ल्याएको हो । चालु आर्थिक वर्षको प्रथम चौमासिकभित्रै विदेशमा बसेर आर्जन गर्ने नेपालीले ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रकम औपचारिक माध्यमबाट स्वदेश पठाएको केन्द्रीय बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को साउन, भदौ, असोज र कात्तिक (चार महिना) मा उक्त रकम औपचारिक माध्यमबाट भित्रिएको हो । सो अधवीमा विदेश जाने नेपालीको संख्या ५ प्रतिशतले बढेको छ । तर रेमिट्यान्स भित्रने क्रमको बृद्धिदर भने २.३ प्रतिशतले घटेको देखिएको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो ।

Prabhu
Crest

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यो वर्ष ९.१ प्रतिशतले बढेको छ । विदेश जानेको संख्या बृद्धिसँगै बीमा कम्पनीहरुले म्यादी बीमा बापतको बीमा शुल्कमा पनि बृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS