आइएमई लाइफद्धारा सागको स्वर्ण पदक विजेता सन्जु चौधरीलाई सम्मान

सुर्खेत । आइएमई लाइफले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) भारत्तोलन तर्फ स्वर्ण पदक विजेता सन्जु चौधरीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

पौष १ गते नेपालगञ्जमा एक कार्यक्रम गरी कम्पनीका प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सेनाले सन्जुलाई २० हजार रुपैयाँ सम्मान स्वरुप दिएको जनाएको छ ।

उक्त कार्यक्रममा आईएमई लाइफ सुर्खेत एबीएम धिरेन्द्र बहादुर शाही, नेपालगञ्ज शाखा प्रमुख रवि महतरा लगायत वरिष्ठ एजेन्सी म्यानेजरको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार