एनआईसी एशिया बैंकद्धारा १५ लाख रुपैयाँको बीमा रकम हस्तान्तरण

Citizen Life Insurance Co

काठमाडौं । एनआईसी एशिया बैंकले बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंकको चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई १५ लाख बीमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले अर्घाखाँचीका बुद्धिराम भुसाललाई उक्त रकमको चेक हस्तान्तरण गरेको जनाएको छ ।

चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँची जिल्ला, अर्घा गाविस वडा नं २ निवासी बुद्धिराम भुसाललाई क्यान्सर रोग लागेको र उक्त खाता अन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावालहरुलाई रोग पहिचान हुने बित्तिकै प्रदान गरिने बीमा वापतको रकम १५ लाखको चेक निज खातावालका छोरा मनोज भुसाललाई हस्तान्तरण गरिएको हो ।

बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार