सिन्धु विकास बैंकद्धारा १२.०९% प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७५ ७६ को लागि लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १२ दशमलव ०९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ११ दशमलव ५१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ० दशमलव ५७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी ५० करोड २७ हजार ३१६ रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी ५५ करोड ७६ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार