एनआइसी एशिया लघुवित्तले माग्यो ८ पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि १ जना, चिफ रिक्स अफिसरका लागि १ जना, चिफ सपोर्ट अफिसरका लागि १ जना, हेड फाइनान्सका लागि १ जना, डिपार्टमेन्ट लिगल हेडका लागि ४ जना, प्रोभिन्स हेडका लागि ५ जना, अफिसर लिगलका लागि ५ जना,ब्रान्च म्यानेजरका लागि केही, र ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

संस्थाले विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले डिसेम्बर ३१ सम्म आवेदन दिन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार