IME Life

नेशनल लाइफ इन्स्योरेन्सद्धारा ६ लाख मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA

बाँके । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले बाँके जिल्ला बैजनाथ गा.पा.४ निवासी भुवन ढुंगानाको निधनपछि पत्नी कल्पना ज्ञवालीलाई ६ लाख रुपैयाँ भुक्तानी गरेको हो । स्व. ढुंगानाले आफ्नो छोराको बीमा गर्दा आफू प्रस्तावक बसेका थिए ।

बैजनाथ गा.पा वडा नम्बर ४ का वडाध्यक्ष कालीबहादुर सिंहले वडा कार्यालयमा आयोजित कार्यक्रममा सो रकमको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा नेशनल लाईफका नेपाल प्रथम अवार्ड बिजेता भइसकेका एजेन्सी म्यानेजर शंकर लामिछानेको समेत उपस्थिति रहेको थियो । मृतक बीमित भुवन ढुंगानाले आफ्नो छोरा शाश्वत ढुङ्गानाको छ लाख रुपैयाँको बाल अमृत बीमा योजना अन्तर्गत १५ वर्षे अवधीको बीमा गराएका थिए । उनले दुई किस्ता मात्रै बुझाएका थिए । सो बीमा योजना अनुसार प्रस्तावकको मृत्यु भएमा बीमालेख कायमै रही बाँकी अवधीको शुल्क मिनाहा भएको छ । पुनः बीमा अवधी समाप्तीसम्म पूरै अवधीको बोनससहित करिब १२ लाख रुपैयाँ भुक्तानी गरिने नेशनल लाइफ नेपालगञ्ज कार्यालयका प्रमुख दीपनारायण खनालले बताए ।

Prabhu
Crest

केही समय अघि सडक दुर्घटनामा भुवन ढुंगानाको निधन भएको थियो । प्रस्तावकको समेत जोखिम बहन हुने सो योजनामा तत्काल बीमाङ्क रकम छ लाख रुपैयाँ आश्रित परिवारलाई भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

मृत्यु दावी रकम हस्तान्तरण गर्दै, वडाध्यक्ष सिंहले बीमामा भुक्तानी झन्झटिलो हुन्छ भन्ने केही मान्छेमा रहेको भ्रमलाई यो भुक्तानीले मिथ्या सावित गरिदिएको बताए । आफ्नो वडामा भएको दुखद घटनामा पीडितको परिवारलाई सो रकमबाट पालनपोषण र शिक्षा-दीक्षामा सहयोग हुने धारणा राखेका वडा अध्यक्ष सिंहले तत्कालै आफ्नो पनि पाँच लाख रुपैयाँको जीवन बीमा गराएका छन् । बचत र जोखिम दुवै बहन गर्ने जीवन बीमाको महत्व सबैलाई बुझाउन जरुरी भएको वडा अध्यक्ष सिंहले धारणा राखे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS