IME Life

नेपाल पुनर्बीमा कम्पनीको सिईओ छनौट प्रक्रिया तेस्रो पल्ट पनि सर्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सिईओ पदको छनोट प्रकृया पुनः सरेको छ । हिजो मंसिर ३० गतेका लागि तोकिएको सिईओ छनौट अन्तर्वार्ता पुनः पुस ४ गतेका लागि सरेको हो ।कम्पनीले यसअघि मंसिर १२ र १३ गते उम्मेदवारहरूलाई कार्य योजना व्यवसायिक कार्ययोजना प्रस्तुतीसहित अन्तर्वार्ताको लागि समय तालिका तय भएको थियो ।

Prabhu
Crest

अन्तर्वार्ताको अघिल्लो दिन पुनः मंसिर ३० गतेका लागि सरेको नयाँ सूचना जारी गरिएको थियो । मंसिर ३० गतेका लागि तोकिएकोमा ३० गते पुनः तेस्रो पटक सूचना जारी गर्दै पुस ४ गतेका लागि प्रतिस्पर्धीहरुलाई व्यवसायिक कार्ययोजना प्रस्तुत गर्न भनेको छ ।

सीईओका उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुने विशेषज्ञहरु विरामी परेकाले ढिलाई भएको पुनर्बीमा कम्पनीले जनाएको छ । अन्तर्वाता गर्ने समय तालिका परिवर्तन गरिएको नेपाल पूनर्बीमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले बताए ।

सीईओ प्रतिस्पर्धाको लागि कम्पनीमा ४ जनाको उम्मेदवारहरु चिरायु भण्डारी, अशोक कुमार पौडेल, शेषरमण आचार्य र शंकर कुमार रायमाझीलाई छनौट गरिसकेको छ । कूल ८ जनाले उम्मेदवारी दिएकोमा योग्यताका आधारमा चार जनालाई सर्ट लिस्टेड गरेको हो । उल्लेखित चार जना मध्ये एक जनाले आठ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको कम्पनीमा आगामी चार वर्षसम्म नेतृत्व गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS