IME Life

आतंकवाद कोषबाट जन्मियो अन्तराष्ट्रिय स्तरको पुनर्बीमा कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । माओवादी द्वन्दको समयमा तत्कालिन श्री ५ को सरकारले आतंकवाद कोष खडा नगरेको भए शायद अहिले भारत, भुटान, दुबई, फिलिपिन्स, बंगलादेश लगायतका तीन दर्जन बढि देशमा पुनर्बीमाको व्यवसाय गर्ने अन्तर्राष्ट्रिय स्तरको कम्पनी नेपालमा आजसम्म पनि स्थापना हुने थिएन ।

माओवादी द्वन्द उत्कर्षमा पुगेका बेला सिंगो सदरमुकाम एकै रातमा ध्वस्त हुन्थ्ये । द्वन्दमा भएको क्षतिको दावी भुक्तानी बीमा कम्पनीबाट सम्भव थिएन र हुदैन पनि । तर, बलिो प्रशासन भएको देशमा हरेक क्षतिको व्यवस्थापन गनुपर्ने हुन्छ । यही द्वन्दमा भएको क्षतिको भुक्तानीको लागि नेपाल सरकारको पाँच करोड लगानी सहित निर्जिवन बीमा कम्पनीहरु मिलेर एउटा पुल खडा गरे । अध्यादेशमार्फत खडा भएको उक्त पुल नै अहिले पुनर्बीमा कम्पनीको एउटा बिजारोपण थियो । देश शान्ति प्रक्रियामा गयो, कोषमा अर्बौ रुपैयाँ जम्मा भइसकेको थियो, अब नयाँ धारणा अघि बढ्यो पुनर्बीमा कम्पनी स्थापना गर्ने ।

Prabhu
Crest

तत्कालिन अवस्थामा श्री ५ को सरकारले एउटा पुल खडा गर्यो जसमा सरकारको पाँच करोड लगानी गर्ने, सो बापत सरकारले ४३ प्रतिशत शेयर पाउने, बीमा कम्पनीहरुको ५७ प्रतिशत शेयर हिस्सा पाउने । जीबन बीमा कम्पनीको १८ प्रतिशत र निर्जीबन बीमा कम्पनीहरुको सेयर हिस्सा ३९ प्रतिशत लगानी गरेर २०६० सालमा आकष्मिक बीमा कोष स्थापना भएको थियो । सोही कोष नै २०७१ कार्तिक २० गते नेपाल पुनर्बीमा कम्पनीको रुपमा स्थापना भएको हो ।

पुनर्बीमालाई दुई भागमा राखेर बुझ्न सकिन्छ । पहिलो बीमा कम्पनीहरुले गर्ने पुनर्बीमा । सबै बीमा कम्पनीहरुले शतप्रतिशत जोखिम बहन गर्नु उपयुक्त हुँदैन । त्यसैले निश्चित प्रतिशत पुनर्बीमा गराउनु पर्दछ । नेपालमा बीमा ऐन २०४९ अनुसार हरेक बीमा कम्पनीहरुले आफ्नो पुँजी संरचनाको अधिकतम पाँच प्रतिशतसम्म मात्र रक्षावरण आफूले राखी बाँकी बीमांकको पुनर्बीमा गर्नुपर्ने हुन्छ । पुनर्बीमा कम्पनीहरुले बीमा कम्पनीहरुलाई ऐतिहासिक बीमा प्रिमियम र दाबीहरुको आँकडाहरुको आधारमा सुविधाहरु उपलब्ध गराउँदछन् भने बीमा कम्पनीहरुले ग्राहकले तिरेको प्रिमियम जति बीमांकको रक्षावरण आफूले गरेको छ सोही अनुपातमा आफू राख्दछ र बाँकी सबै पुनर्बीमालाई जोखिम हस्तान्तरण गर्दछ । सोही अनुपातमा प्रिमियम पनि तिर्नुपर्नेहुन्छ । दोस्रो, पुनर्बीमा एउटा व्यवसाय हो । तर, पुनर्बीमा व्यवसायको सीमा बीमा कम्पनीहरु मात्रै हुन्छन् ।

१६ वर्षअघि आतंकवाद कोषको रुपमा स्थापना भएकोमा आज पुनर्बीमा कम्पनीको रुपमा दक्षिण एसियाका तीन दर्जन देशबाट धेरथोर विदेशी मुद्रा आर्जन गर्ने कम्पनीको रुपमा अघि बढिरहेको छ । एसिया मात्रै नभएर दक्षिण अमेरिकी मुलुक भियतनामबाट समेत पुनर्बीमा शुल्क आर्जन गर्न सफल भएको छ । असार मसान्तसम्ममा विश्वका २८ देशबाट ३५ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

पुनर्बीमा भन्नाले जीवन र निर्जीवन बीमा कम्पनीहरुको बीमाको पनि बीमा गर्ने व्यवसाय पुनर्बीमा हो । त्यसैले नेपाल पुनर्बीमा कम्पनीको नेपालभित्रको बजार ३९ वटा बीमा कम्पनी मात्रै हो । नेपालका बाहेकका २८ देशमा नेपाल पुनर्बीमा कम्पनीले आफ्नो सञ्जाल फिजाईसकेको छ ।

नेपाल पुनर्बीमा कम्पनीकै कारण नेपालबाट पुनर्बीमाको रुपमा विदेशिने ठूलो रकम जोगिएको छ भने विदेशबाट समेत ठूलो रकम आम्दानी भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS