मुक्तिनाथ विकास बैंकको अध्यक्षमा ढकाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरतराज ढकाल सर्वसम्मत चयन भएका छन् । बैंकको सोमबार पोखरामा सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाले संचालकको रुपमा चयन गरेको जनाएको छ ।

ढकालको कार्यकाल ४ वर्षको रहने समेत बैंकले जनाएको छ । उनले सोही बैंकमा लामो समय सीइओ जिम्मेवारी निभाएका थिए ।

हाल सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ ।

नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रको चयन भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार