IME Life

मापसे गरेर कार चलाउँदा बुढानिलकण्ठमा एकको मृत्यु, बीमा बापतको पाँच लाख दिने सहमति

SPIL
NIC ASIA

काठमाडौं । राजधनी काठमाडौंको बुढानिलकण्ठमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को भित्री सडकमा बा१४च ६१२३ नम्बरको कार दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको छ । प्रारम्भिक रुपमा प्राप्त घटना विवरणमा चालकले मादक पदार्थ सेवन गरी अत्याधिक गतिमा कारलाई हुईक्याउँदा उक्त घटना भएको देखिएको छ । घटनामा स्थानीय लिला देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी महाराजगन्जले बुढानिलकण्ठ ८ बस्ने २१ बर्षिय चालक पृथ्वी मल्ललाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अघि बढाइएको जनाएको छ । शनिबार भएको सो घटनापछि आइतबार विहान महानगरीय प्रहरी बृत्त महाराजगन्जमा पीडित पक्ष र दोषीबीच छलफल भएको थियो । छलफलमा कारधनीले मृतकका परिवारलाई तेस्रो पक्ष बीमा बापतको पाँच लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप दिने सहमति पछि आइतबार नै शिक्षण अस्पतालबाट शव बुझेर अन्तिम संस्कार गरेका छन् ।

Prabhu
Crest

अत्याधिक मदिरा सेवन गरेका मल्ले तीव्र गतिमा हुईक्याएकै कारण दुर्घटना भएको स्थानीयबासीले जनाएका छन् । विष्णुमतिबाट मिलनचोक तिर जाँदै गरेको उक्त गाडीले आफ्नो ट्रयाकभन्दा बाहिर फुटपाथमा पुगेर सडकमा हिडिरहेकी देवकोटालाई ठक्कर दिएको थियो । तत्कालै अचेत भएकी देवकोटालाई बाँसबारी स्थित न्यूरो अस्पतालमा लगिएको थियो । अस्पताल लगिएको केही समयमै उपचार गरिँदैको अवस्थामा उनको मृत्यु भएको हो ।

चालकले मापसे सेवन गरेकाले बीमा दावी प्रक्रिया कसरी अघि बढ्छ भन्ने खुल्न सकेको छैन । प्रहरीका अनुसार चालकको सवारी चालक अनुमतिपत्र समेत ल्याइसकेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS