IME Life

गोरखामा डिप्रोक्स लघुबित्तद्धारा केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

गोरखा । डिप्रोक्स लघुबित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय गोरखा बजार, गोरखामा एक दिने केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६० जना केन्द्र प्रमुख, शाखाका कर्मचारी, संस्थाका गण्डकी प्रदेश प्रमुख मधुसुदन हुमागाई, अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलको उपस्थिति रहेको थियो ।

केन्द्र प्रमुख शुसिला खत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश प्रमुख मधुसुदन हुमागाईले संस्थाको स्थापना देखि हाल सम्मको गतिविधी,अबस्था र बचत तथा कर्जाको बारेमा, लघुबित्तको कर्जा दोहोरोपनाको बारेमा जानकारी गराउदै सहभागिहरुबाट उठेका जिज्ञासाको बारेमा समेत जानकारी गराएका थिए ।

Prabhu
Crest

त्यस्तै, कार्यक्रममा अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलले बिकसित देशमा बैंकिङ्ग क्षेत्र निकै अघि बढनुको साथै प्राय बैंकिङ कारोवारहरु नगद रहित भएको बैंकबाट कर्जा लिएर घर, गाडी किन्ने र बिस्तारै किस्ता तिर्दै जाने, बीमा गर्ने जस्ता कुरा बिकसित देशमा सामान्य भएको बताए ।

साथै, अल्प बिकसित र गरिब देशहरुमा भने बचत गर्ने बानी बसाउनका लागि नारा लगाउदै हिड्नु पर्ने अबस्था छ । खान नै नपुग्ने कमाई भएका जनताले भोलिका लागि बचत गर्नेबारे सोच्ने अबस्था पनि छैन । त्यसैले यसको लागि बित्तीय शिक्षा बारे प्रकाश पार्नु आबश्यक छ । बित्तिय रुपमा जानकारी नभै गरिने कुनै पनि बित्तिय कारोवार फलदायि र परिणाममुखि नहुने भएकोले वित्तीय रुपमा साक्षर भएरमात्र बित्तको परिचालन गर्न सुझाब दिए ।

त्यसैगरी बचत कसरी गर्ने र कर्जाको सदुपयोग नगर्दा कर्जाले निम्त्याईएको दुष्परिणाम बारे उदाहरण सहित सहभागिहरुलाई प्रष्ट पार्दै जस्तोसुकै दुःख, कष्ट र आपत परेको किन नहोस अटल बिश्वास, आट, लगनशिलता र दृढ संकल्पकासाथ बित्तको सहि परिचालन गरेमा आर्थिक समबृद्धि अबश्य हुनेछ भन्ने टेलिफिल्म प्रोजेक्टर मार्फत सहभागिलाई देखाई थप प्रष्ट समेत पारे ।

सोही कार्यक्रममा शाखाका शाखा प्रबन्धक कृष्णगोपाल पन्तले उपस्थित सदस्यहरुलाई स्वागत गर्दै शाखा स्थापना र हाल सम्मको शाखाको अबस्थाको बारेमा जानकारी दिए ।

साथै कार्यक्रममा आ.ब. २०७५/०७६ मा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई र शैक्षिक सत्र २०७५ को एस.ई.ई.मा सदस्यको छोरा /छोरी बाट सर्बोतकृष्ठ अंक ल्याउन सफल १ जनालाई समेत पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS