स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले पुस २० गते हुने १८ औं वार्षिक साधारण सभाको लागि मंगलबार देखि बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

सभा एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । संस्थाले गत वर्षको नाफाबाट २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिन लागेको हो ।

कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार