त्रिलोक लघुवित्तद्धारा वित्तीय साक्षरता तथा अभिमुखिकरण तालिम

काठमाडौं । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनवल शाखा अन्तर्गतका आफ्ना समुह सदस्यहरुलाई दुई दिने वित्तीय साक्षरता अभिमुखिकरण तालिम प्रदान गरेको छ ।

संस्थाका लेखा बिभाग प्रमुख दिनेश कुँवरको अध्यक्षतामा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

तालिम कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेज्द्र न्यौपानेले वित्तीय साक्षरता अभिमुखिकरण तालिमले किसान र साना उद्यमीहरुमा श्रोत व्यावस्थापन र पँुजी परिचालन गर्ने क्षमतामा बृद्धि हुने बताए ।

संस्थाका योजना तथा तालिम बिभाग प्रमुख बिकास आचार्यले तालिम कार्यक्रमको सहजिकरण गरेका थिए भने सुनवल शाखाका शाखा प्रमुख राकेश बहादुर सैनीले कार्यक्रम संयोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार