IME Life

कूल बीमा अभिकर्ता संख्या ५ लाख ७० हजार, ९१ हजारको मात्रै नविकरण

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा क्षेत्रमा मानिसहरुको आकर्षण बढ्दै गइरहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुको मेरुदण्ड मानिएको बीमा अभिकर्ताको कुल संख्या पाँच लाख ७० हजार ८६१ पुगेको छ । १९ वटा जीवन बीमा कम्पनीमध्ये आफूले कम्पनी रोजेर काम गर्न उनीहरुले बीमा समितिबाट बीमा अभिकर्ताको लाईसेन्स लिएका छन् । बीमा अभिकर्ताको संख्या ठूलो भएपनि नविकरण गराउनेको संख्या भने निकै न्यून रहेको देखिएको छ ।

Prabhu
Crest

बीमा समितिका अनुसार गत असोजमसान्त सम्ममा ९० हजार ९ सय २७ जना पुराना अभिकर्ताहरुले मात्रै नविकरण गराएका छन् । बाँकीको अवस्था अज्ञात छ । त्यस्तै, चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा ७४ हजार २ सय ४९ जना नयाँ बीमा अभिकर्ताहरु जीवन बीमा क्षेत्रमा आवद्ध भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार नविकरण गर्न जीवन बीमा अभिकर्ताको संख्या एक लाख हाराहारी मात्रै छन् ।

बीमा समितिको नियम अनुसार बीमा अभिकर्ताको लाईसेन्स चैत्र मसान्तभित्रमा नविकरण गराई सक्नुपर्नेछ । सो समयमा नविकरण नगराएमा थप छ महिना अर्थात असोज मसान्तसम्ममा आवश्यक प्रक्रिया पूरा गरेर नविकरण गर्न सक्छन् । तर, असोज मसान्तसम्ममा नविकरण नगर्ने अभिकर्ताहरुले पुनः नयाँ इजाजत पत्र लिनुपर्ने व्यवस्था छ ।

असोज मसान्तसम्ममा नविकरण नगराउने अभिकर्ताको इजाजत पत्र रद्द हुने व्यवस्था छ । बीमा समितिका अनुसार झण्डै पौने छ लाख बीमा अभिकर्ताले लाईसेन्स लिएको भएपनि त्यसमा कतिपय खारेज भएर दोहोरो लाईसेन्स लिनेहरु समेत छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार कात्तिक मसान्तसम्ममा युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै बीमा अभिकर्ताहरु आवद्ध भएका छन् । कम्पनीमा १६ हजार ५ सय ९८ जना बीमा अभिकर्ताहरु आवद्ध भएका छन् । दोस्रोमा नेपाल लाइफ इन्स्यारेन्स कम्पनी रहेको छ । कात्तिक मसान्तसम्ममा ८ हजार ८ सय ३५ जना बीमा अभिकर्ता आवद्ध भएका छन् । तेस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा ६ हजार भन्दा बढी बीमा अभिकर्ताहरु आवद्ध भएका छन् ।

त्यस्तै, नविकरणको आधारमा हेर्न हो भने नेपाल लाइफ इन्स्यारेन्स कम्पनी पहिलो स्थान रहेको छ । समितिको तथ्याङ्क अनुसार असोज मसान्तसम्ममा १७ हजार ९ सय २ जना अभिकर्ताहरुले नविकरण गराएका छन् ।दोस्रोमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असोजमसान्तसम्ममा १२ हजार ८ सय ५७ जना अभिकर्ताहरुले नविकरण गराएका छन् । तेस्रोमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असोजमसान्तसम्मा ७ हजार ५ सय २६ जना अभिकर्ताले नविकरण गराएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS