IME Life

प्रभु बैंक र जावलाखेल युवा क्लबबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंक र ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको जावलाखेलस्थित जावलाखेल युवा क्लबबीच सम्झौता भएको छ । प्रभु बैंक जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौतामा भएको जनाएको छ ।

ललितपुर जिल्ला झम्सिखेल स्थित होटेल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र युवाक्लबका तर्फबाट अध्यक्ष महेन्द्र क्षेत्रीले एक समारोहका विच हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

जावलाखेल युवा क्लबसँगको सम्झौता पश्चात जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहनेछ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवाक्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउनेछ ।

सो बापत जावलाखेल युवाक्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक लि. रहनेछ ।जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ ।

जावलाखेल युवा क्लबले प्रभु बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत सञ्चालन गर्ने छ । जावलाखेल युवाक्लबको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ ।

जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक लेखेको जर्सी लगाउनेछन् । जावलाखेल युवाक्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंकको विज्ञापन प्रशारण गर्नेछ ।

सम्झौताले जावलाखेल युवाक्लबका खेलाडीहरुमा हौसला बढ्न गई उच्च मनोबलका साथ सबै प्रतियोगिताहरुमा सहभागिताजनाई समग्र देशको खेलकुद क्षेत्रको विकासमा विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS