नेप्से ४ अंकले घट्दा ६८ करोडमाथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से ४ दशमलव ७८ अंकले घट्दा परिसूचक ११६७ दशमलव ८६ बिन्दुमा कायम रहेको छ । १७२ वटा कम्पनीको १६ लाख ५३ हजारभन्दा बढी कित्ता शेयर ६८ करोड ६० लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ ।

बैंकिङ, ट्रेडिङ र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको परिसूचमा गिरावट आएको छ । एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको ६ करोड ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । स्पर्श लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार