IME Life

कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १३ जनाको मृत्यु, दर्जनौं घाइते

SPIL
NIC ASIA

काठमाडौं । सिन्धुपाल्चोकमा आइतबार विहानै भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दोलखाको पर्यटकीय नगरी कालिन्चोकबाट काठमाडौं आउँदै गरेको बस आइतबार विहान ८ः३० बजेको समयमा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–७ छकिलो भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो । घटनामा १३ जना मृत्यु भएको निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिए । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

घटनामा कति घाइते छन् भन्ने एकिन छैन । दोलखाको पर्यटकीय नगरी कालिन्चोक मन्दिर पुगेर फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा घाइते भएका १८ जनालाई धुलिखेल अस्पताल लगिएको छ । त्यहाँ उपचार हुन नसकेकाको काठमाडौं ल्याउने तयारी भइरहेको छ ।सिन्धुपाल्चोकको सुकुटेमा गन कार्तिकमा भएको बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिकामा दुर्घटना हुँदा १० जनाभन्दा बढिको मृत्यु भएको थियो ।

Prabhu
Crest

सार्वजनिक सवारी साधन दुर्घटनामा परेकोले घटनामा एक करोडभन्दा बढि बीमा दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ । यात्रु बीमा तथा प्रथम पक्ष बीमा दावी पर्ने देखिएको छ । बीमा दावीका लागि सवारीधनीले बीमाको शुल्क भुक्तानी गरी नविकरण गरेको अवस्था हुनु अनिवार्य छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS