लुम्बिनी जनरल इन्स्योरेन्सको २०% हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम मौका

Citizen Life Insurance Co

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको २० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले कात्तिक २४ गतेबाट १०० रुपैयाँ अंकित दरमा १०ः२ को अनुपातमा १७ लाख ६० हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

उक्त हकप्रदन शेयरमा असोज २६ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गरेको छ ।

उक्त हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । उक्त शेयरमा सीबीआइएल क्यापिटल डिल्लीबजार बाटुलेघर, काठमाडौं तथा सिटिजन्स बैंकको नारायणहिटी काठमाडौंसहित सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार