IME Life

ग्रामीण विकास लघुवित्तद्धारा तरकारी खेती तथा पशुपालन तालिम

SPIL
NIC ASIA

नेपालगन्ज । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको क्षेत्रीय कार्यालय नेपालगन्जले क्षेत्रिय कृषि अनुसन्धान केन्द्र,नेपाल कृषि अनुसन्धान परिषद्,खजु‘रा, बाँकेंको प्राविधिक सहयोगमा एक दिने तरकारी खेती र पशुपालन सम्बन्धि ग्राहक किसानहरुको तालिम सम्पन्न गरेको छ ।

तालिममा बांके जिल्ला स्थित रांझा,बेतहनी,बांबुगाउ र खजुरा शाखा कार्यालयबाट ३५ जना ग्राहक किसानहरुको सहभागिता भएको थियो ।

Prabhu
Crest

तालिमको उद्घाटन संस्थाका क्षेत्रीय प्रवन्धक खगेन्द्र प्रसाद अर्यालले गर्दै संस्थाले झण्डै चालिस प्रतिशत कर्जा कृषि क्षेत्रमा कर्जा प्रवाह गरेकाले ग्राहक किसानहरुको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने हेतुले तालिम दिएको बताए ।

क्षेत्रिय कृषि अनुसन्धान केन्द्र,नेपाल कृषि अनुसन्धान परिषद्,खुज‘रा, बाकेका निमित्त प्रमुख रामदास चौधरीले तालिम कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका अधिकृत चन्द्र बहादुर जिसीले गरेका थिए भने सभापतित्व संस्थाका शाखा तथा जोखिम ब्यवस्थापन महाशाखाका प्रमुख परमेश्वर शर्माले गरेका थिए ।

तालिममा प्याज खेती प्रविधि बिषयमा केशव बहादुर चन्द,प्राविधिक अधिकृत, उन्नत आलुखेती प्रविधि बिषयमा सन्तोष कलौनी प्राविधिक अधिकृत ,तरकारी खेती प्रयोगात्मक ज्ञान र फिल्डमा अवलोकन भ्रमण बिषयमा यज्ञ प्रसाद के.सी. प्राविधिक अधिकृत, तरकारी खेतीमा रोग ब्यवस्थापन बिषयमा बसिष्ठ आचार्य प्राविधिक अधिकृतले तालिम दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS