IME Life

बीमा कम्पनीलाई ग्रामिण क्षेत्रमा घुम्ती बीमा सेवा सञ्चालन अनिवार्य, जारी भयो नयाँ निर्देशिका

SPIL
NIC ASIA

काठमाडौं । अबदेखि बीमा कम्पनीहरुले नै घुम्ती बीमा सेवा सञ्चालन गर्नुपर्ने भएको छ । बीमा समितिले शाखारहति घुम्ती बीमा सेवा सम्बन्धी नीतिगत मार्गदर्शन, २०७६ जारी गर्दै बीमा कम्पनीहरुले नै घुम्ती बीमा सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो ।

आम सर्वसधारणबीच सहज ढंगले बीमाको पहुँच बृद्धि गर्न बीमा समितिले यस्तो व्यवस्था गरेको समितिका अध्यक्ष चिञ्जिीवी चापागाईले बताए । न्यूनतम लागतमा घुम्ती सेवामार्फत जनताकै घरदैलोमा बीमा सेवा पुर्याउने उद्देश्यले समितिले बीमा ऐन, २०४९ को दफा(घ२) ले दिएको अधिकार प्रयोग गरी घुम्ती बीमा सम्बन्धी मार्गदर्शन जारी गरेको हो ।

Prabhu
Crest

नयाँ व्यवस्था अनुसार बीमकले महानगरपालिका वा उपमहानगरपालिकाभित्र रहेका सीमावर्ती वडाहरुमा भने घुम्ती बीमा गराउन छैनन् । बीमकलाई ग्रामिण क्षेत्रमा बीमाको पहुँच बृद्धि गर्ने कार्यमा प्रत्यक्ष सहभागिता जनाउन गाउँपालिकामा मात्रै घुम्ती सेवा सञ्चालन गर्न पाउनेछन् । यद्यपि जीवन बीमा कम्पनीको हकमा बीमकले महानगरपालिका वा उपमहानगरपालिकाभित्र रहका सीमावर्ती वडाहरुमा भने घुम्ती बीमा सेवा उपलब्ध गराउन पाउने छन् ।

निर्जिवन बीमा कम्पनीको हकमा भने कृषि तथा पशुपन्छी बीमा जारी गर्ने प्रयोजनका लािगि तोकिएका जिल्लाहरुमा सम्बन्धित बीमकले अनिवार्य रुपमा घुम्ती बीमा सेवा उपल्ध गराउन पाउने छन् । साथै घुम्ती बीमा गर्दा सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघुबीमा, दुर्घटना बीमा, घरबीमा जस्ता बीमादलेखलाई प्राथमिकतामा राख्नुपर्ने मार्गदशनमा उल्लेख गरिएको छ ।

बीमकले आवश्यकता अनुसार घुम्ती बीमा सेवा सम्बन्धी कार्यविधि आफैले तयार गरी सोही कार्यविधिको आधारमा घुम्ती सेवा सञ्चालन गुर्नपर्ने नयाँ व्यवथा गरिएको छ । साथै घुम्ती बीमा सेवा मार्फत बिक्रि गरेको बीमा पोलिसीको त्रैमासिक विवरण समितिमा उपल्ब्ध गराउनुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ ।

नयाँ व्यवस्था अनुसार एकभन्दा बढी बीमक कम्पनीहरु आपसमा समन्वय गरी घुम्ती बीमा संचालन गर्न पाउनेछन् । घुम्ती बीमा सेवा संचालन गर्ने सम्बन्धमा (२) उपदफा (१) बमोजिम घुम्ती बीमा सेवा उपल्ब्ध गराँउदा बीमकले समितिबाट स्वीकृत बीमालेख बिक्री गनुपर्ने उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS