नेप्से ११ अंकले बढ्यो, बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

Citizen Life Insurance Co

काठमाडौं । साताको अन्तिम कारोबार आज नेप्से ११ दशमलव १७ अंकले बढेर १,१७२ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज बैंकिङ विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा समुह, जीवन बीमा समुह र म्युचल फण्ड समुह बढेका छन् । सबैभन्दा धेरै जीवन बीमासमुह र निर्जीवन बीमा समुह बेको छ ।

दिनभरिमा १ सय ६८ कम्पनीको २१ लाख कित्ता शेयर किनबेच हुँदा ७६ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त प्रोमोटर शेयरको ८ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, डिप्रोक्स लघुवित्तको ४ करोड १० लाख, एनएमबि बैंक र नेपाल लाइफको ३ करोडमाथिको कारोबार भएको छ । सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने गुँरास लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार