Prabhu Life Ad Final

बीमा क्षेत्रमा नविनतम भित्रदै, गंगाजुले छोरीलाई दिए विवाहमा बीमा पोलीसी उपहार

IME PAY

तनहुँ । पछिल्लो समय बीमा पोलिसिलाई विभिन्न उत्सवहरुमा उपहार दिने प्रचलन बढ्दै आएको छ । कँही जन्मदिनमा त , कँही विवाहमा यसै क्रममा तनहुँको आँबुखैरेनी बजार निवासी भोला गंगाजुले छोरीको विवाहमा उपहार स्वरुप बीमा पोलीसी खरिद गरिदिएका छन् ।

आँबुखैरेनी गाउँपालिका ३ आँबुखैरेनीका गंगाजुले बुधबार छोरीको विवाहमा दाईजोको सट्टा १० लाख रुपैयाँको बीमा पोलीसी खरिद गरिदिएको हो ।

NCHL

आफ्नो छोरीको भविष्य सुनिश्चित गर्न विवाहको अवसरमा १० लाख रुपैयाँको बीमा गरी उपहार स्वरुप पोलिसी खरिद गरिदिएको गंगाजुले बताए । गंगाजु युनियन लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर समेत हुन् ।

उनले युनियन लाइफ इन्स्योरेन्स कम्पनीको १० वर्षे एकमुष्ट भुक्तानी बीमा पोलीसी खरिद गरि छोरीलाई उपहार दिएको कम्पनीका आँबुखैरेनी शाखा प्रमुख सबिता भट्टराईले जानकारी दिइन् ।

उक्त पोलीसीको प्रिमियम शुल्क ८ लाख रुपैया रहेको र २० लाख रुपैयाँसम्मको जोखिम बहन हुने समेत शाखा प्रमुख भट्टराईले जानकारी दिईन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x