एनसीसी बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

Citizen Life Insurance Co

काठमाडौं । एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । सो सम्बन्धी बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षेर गरेका हुन् ।

बैंकले निष्काशन गर्न लागेको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सर्वसाधारणमा निष्काशन गर्ने बैंकले जनाएको छ ।

बैंकले १० बर्ष अवधिको ’१०.५० प्रतिशत ब्याज पाइनेगरी एनसीसी ऋणपत्र २०८६’ निकाष्शन गर्न गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार