IME Life

हुम्लासहितका हिमाली जिल्लामा भारी हिमपात ट्रान्जिटका मालबस्तुमा क्षति हुनसक्ने

SPIL
NIC ASIA

काठमाडौं । पश्चिमी क्षेत्रबाट आएको वायुको प्रभावका कारण पश्चिमी नेपालको हुम्ला तथा आसपासका जिल्ला सदरमुकाममा भारी हिमपात भएको छ । हिमपातका कारण सो क्षेत्रका जनजीवन कष्टकर बनेको छ ।हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु भएको छ । हिमपातका कारण यातायातको साधन नपुगेको हुम्लामा आज हवाई उठान ठप्प भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।

नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइयन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।

Prabhu
Crest

हिमपातका कारण चिसो अत्याधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ । हिमपातका कारण उच्च हिमाली भागमा मालबस्तु ढुवानीको क्रममा ट्रान्जिटमा रहेका सामानमा क्षति हुनसक्ने जनाइएको छ । –रासस

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS