IME Life

नेपाल सरकारले माग्यो ठूलो संख्यामा कर्मचारी, ७६८ नयाँ भर्ना गरिने, प्रशासनमा धेरै माग

SPIL
NIC ASIA

काठमाडौं । लोक सेवा आयोगले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । लोक सेवाले विभिन्न पद (अधिकृत, प्रशासन,लेखा,राजश्व, न्याय, संसदसेवा) लगायतका पदमा कुल १ हजर ९६ पदमा बुधबार विज्ञापन खुला गरेको छ ।

लोक सेवाले विज्ञापन खुला गरेकोमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपुर्ति हुँनेछ । बाँकी ३४९ जना भने बिभिन्न समावेशी लागि छ्ट्याइएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै प्रशासन सेवाको सामान्य प्रशासन समसहमा ५६० जना अधिकृत पदका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपुर्ति गरिनेछ । त्यस्तै उक्त समुहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपाङ्गमा ९ र पिछडिएका क्षेत्रमा ७ जनाको कोटा छ्ट्याइएको छ ।

यसैगरि राजश्व समुहमा ६९, लेखापरीक्षण समुहमा ४२, लेखा समुहमा ३० जना अधिकृतको माग गरिएको छ ।

त्यस्तै, व्यावस्थापिका संसद सेवातर्फ २८ जना, न्याय सेवातर्फ न्याय समुहमा २९० , कानुन समुहमा ४९ र सरकारी वकिल समुहमा २४ जना अधिकृत पदका लागि विज्ञापन खुलेको छ । परराष्ट्रसेवामा सबैभन्दा कम ४ जना अधिकृतको माग
गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS