IME Life

नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बंगलादेश बैंकको १२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस ७ गते वार्षिक साधारण सभा बोलाएको यस कम्पनीले बिहीबार (मंसिर २६ गते) बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान ९ बजे सुरु हुने बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

Prabhu
Crest

सभामा बैंकले कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । बैंकको आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका विभिन्न प्रस्तावहरु रहेका छन् ।

त्यस्तै, बैंकको प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश गर्ने बैंकले जनाएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब ४९ करोड २७ लाख १३ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS