फुटबल हेर्न दशरथ रंगशाला पुगेका दर्शकमाथि प्रहरीद्वारा लाठी चार्ज

311

काठमाडौं । दशरथ रंगशालामा आज साग खेलकै महत्वपूर्ण नेपाल–भुटानबीचको फुटवल खेलको फाईनल हुँदैछ । सो खेल हेर्न पुगेका दर्शकमाथि प्रहरीले निर्मम लाठी प्रहार गरेको छ । घट्नामा दर्जनौं घाइते भएका छन् ।

प्रहरीले दमन गर्नुको कारण खुल्न सकेको छैन । काठमाडौंमा जारी १३ औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल सुरु हुनु अघि नै प्रहरीले दमन गरेको हो ।

टिकट काट्न त्रिपुरेश्वरस्थित रंगशालाको गेटमा पुगेका मानिसलाई प्रहरीले लाठी चार्ज गरेको हो । घटनामा प्रहरीले पत्रकारलाई समेत प्रहार गरेको जनाइएको छ । फोटो पत्रकार समुन चापागाईलाई प्रहरीले दुव्यर्वहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्