सानिमा जनरल इन्स्योरेन्सद्धारा बीमा अभिकर्ता तालिम सम्पन्न

353

नेपालगञ्ज । सानिमा जनरल इन्स्योरेन्स नेपालगञ्ज शाखाले निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न गरेको छ ।

इन्स्योरेन्सले बीमा व्यवसाय अभिवृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ उक्त तालिम सञ्चालन गरेको जनाएको छ ।

उक्त तालिम मंसिर २०, २१ र २२ गतेसम्म सञ्चालन भएको कम्पनीले जनाएको छ । तालिममा ४५ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

सानिमा जनरल इन्स्योरेन्सका वरिष्ठ प्रबन्धक हाङमा सुब्बाले तालिममा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्