सिटिजन लाइफद्धारा ५ लाख ७० हजार दावी भुक्तानी

Citizen Life Insurance Co

कावासोती । सिटिजन लाइफ इन्स्योरेन्सको कावासोती शाखाले मृतक परिवारलाई बीमा बापतको रकम प्रदान गरेको छ ।

कम्पनीले कावासोती (८) निवासी मृतक कृष्ण बहादुर घर्ती क्षेत्रीको निवास मै गई एक कार्यक्रमको आयोजना गरी बीमा वापतको रकम पदान गरेको जनाएको छ । उक्त कार्यक्रम कावासोती नगरपालिकाकी मेयर चन्द्रा कुमारी पुन को प्रमुख आथिथ्यता सम्पन्न भएको थियो ।

मृतक कृष्ण बहादुर घर्तीले सिटिजन लाइफमा ५ लाखको बीमा गरेका थिए । घर्तीको कार्तिक ९ गते हृदयघातबाट मृत्य भएको कम्पनीले जनाएको छ ।

कम्पनीले मृतक बीमितको ४५ दिनको तिथिमा ५ लाख ७० हजार रुपैयाँ प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै मेयर चन्द्रा पुनले बीमा सबैलाई आवश्यक रहेको तर यसको ज्ञान र पहुँच थोरै माझ पुगेको जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार