SKIP THIS

IK Anniversary
IME Life

नेपाल भ्रमण वर्ष २०२० मा सक्रिय सहभागिता जनाउन सबै बीमा कम्पनीलाई निर्देशन

SPIL
NIC ASIA

काठमाडौँ । बीमा समितिले नेपाल भ्रमण वर्ष, २०२० को प्रवद्र्धन गर्नका लागि बीमा कम्पनीहरुलाई सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ । समितिको ०७६ मंसिर १८ को निर्णय अनुसार इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई भ्रमण वर्ष, २०२० को प्रवद्र्धन गर्नका लागि निर्देशन दिएको हो ।

नेपाल सरकार अर्थ मन्त्रालयको २०७६ मंसिर ८ गतेको पत्र तथा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ०७६ मंसिर ६ गतेको पत्राअनुसार नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई सफलतापूर्वक सञ्चालन गराउन निर्णय आएको हुँदा सोही निर्णय बमोजिम समितिले कम्पनीहरुलाई निर्देशन दिएको हो ।

Prabhu
Crest

वेबाईट लगायतका आधिकारिक अन्य आधिकारिक सामाजिक सञ्जालहरुमा नेपाल भ्रमण वर्षको लोगो राख्ने तथा नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयको वेवाइट लिंक गर्ने, पत्राचारमा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको लोगो राख्ने र प्रकाशित हुने बुलेटिन लगायतका प्रकाशनमा नेपाल भ्रमण वर्ष सम्बन्धी लेख रचना र प्रचार सामाग्री समेत समावेश गर्नुपर्ने समितिद्धारा जारी निर्देशनमा उल्लेख छ ।

विदेशमा भ्रमण गर्दा तथा प्रतिनिधित्व हुँदा अनिवार्य रुपमा नेपाल भ्रमण वर्ष, २०२० को जानकारी दिने तथा वक्तव्य दिनुपर्दा यसको उल्लेख गरी नेपाल भ्रमण गर्न अनुरोध गर्ने, समितिले सन् २०२० को जनवरी १ मा काठमाडौँ तथा सबै प्रदेशका राजधानीमा हुने नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रममा कर्मचारीहरुको अनिवार्य सहभागितासहित अन्य सहयोग तथा प्रवद्र्धन गर्न निर्देशन दिएको छ ।

नेपालमा हुने अन्तराष्ट्रिययस्तरको कार्यक्रममा अनिवार्य रुपमा भ्रमण वर्षको प्रवद्र्धन डेक्स राखी प्रचार सामग्री एंव उपहार दिने व्यवस्था नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयसँग समन्वय गरी गर्ने साथै अन्तराष्ट्रिय स्तरको गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमहरु नेपालमा गर्न प्रोत्साहन गर्न समितिले निर्देशन दिएको छ ।

त्यस्तै, नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयसँग समन्वयन गरी सवारी साधनमा नेपाल भ्रमण वर्ष, २०२० को लोगो टाँस्ने व्यवस्था गर्ने, नेपाल भ्रमण वर्ष, २०२० को प्रचार प्रसार सामाग्रीहरु नेपाल  भ्रमण वर्ष, २०२० को सचिवालयबाट प्राप्त गरी यस अवधिमा उत्पादन हुने सामाग्रीहरुमा समावेश गर्ने । साथै, नेपाल भ्रमण वार्ष २०२० को प्रचार प्रसनरको लागि नियमानुसार आवश्यक प्रायोजन समेत गर्न भनेको छ ।

कर्मचारीहरुलाई नियमानुसार वार्षिक रुपमा उपलब्ध गाउने बिदा पर्यटन कार्यक्रममा नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने गरी सन् २०२० मा नेपालमा मात्र भ्रमण गर्न प्रोत्साहन गर्ने । नेपालमा पनि नयाँ तथा दुर्गम स्थानमा रहेका पर्यटकीय स्थलहरुको भ्रमणलाई विशेष महत्व तथा प्रोतसाहन गर्नुपर्ने बीमा समितिले आफ्नो निर्देशिकामा उल्लेख छ ।

नेपालमा पर्यटकको आगमन बढी हुने प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयसँग समन्वयन गरी सामाजिक व्यवसायिक उत्तरदायित्वबाट पर्यटकलाई सहज हुने किसिमका शौचालय, डस्टबिन, पिउने पानी, बिश्रामस्थल जस्ता पूर्वाधार बनाउन उत्प्रेरित गर्न भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS