तिनाउ मिसन र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको एकिकृत कारोबार सुरु


काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी मंसिर २२ गते (आईतबार) देखि एकिकृत कारोबारको शुभारम्भ गरेको छ । यस अघि तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच असार ३१ गते मर्ज भई तिनाउ मिसन डेभलमेन्ट बैंकको नामबाट कारोबारको सुरुवात गरेको थियो ।

दुबै विकास बैंक मिलेर राष्ट्रिय स्तरको विकास बैंक बनाउने लक्ष्य रहेको बैंकले जनाएको छ । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी १ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ, भने शाखा कार्यलयहरुको सङख्या ६२ वटा पुगेका छ । तिनाउ मिसन बैंकको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र नायब प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार