सबैको लघुवित्तको साधारण सभा सम्पन्न, बोनस शेयर पारित

Citizen Life Insurance Co

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ११ लाख २८ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा नगद पनि पारित गरेको छ ।

सभा मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दीपुर ५, तनहुँमा भएको थियो । सभामा कम्पनीले अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल तथा अनुमोदन भएको छ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको जनाएको छ ।

बोनसपछि कायम हुने पुँजीबाट १०० प्रतिशत हकप्रद ल्याउने अर्को विशेष प्रस्ताव पनि पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार