IME Life

नयाँ दिल्लीमा भिषण आगोलागी, ४३ जनाको जलेर मृत्यु, करोडौं बीमा दावी पर्ने

SPIL
NIC ASIA

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित घना बस्ती भएको उद्योगमा आज विहान भिषण आगोलागी हुँदा ४३ जनाभन्दा बढिको जलेर मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । घटनामा दर्जनौं घाइते छन् ।

आगोलागी नियन्त्रणका लागि ६० वटा भन्दा बढि दमकल प्रयोग गरिएको छ भने प्रहरी तथा सर्वसधारण समेतको सहभागिता रहेको जनाइएको छ ।

Prabhu
Crest

नयाँ दिल्लीको प्रख्यात अनाजमण्डी एरियास्थित रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडिया टाईम्स अफ इण्डियाका अनुसार घटनामा ४३ जनाको शव प्राप्त भएको छ ।

आइतबार बिहान करिब साढे ५ बजेतिर कागजको कार्टुन उत्पादन गर्ने उद्योगबाट सल्केको आगोले भिषण रुप लिएको हो । उद्योगको छैठौं तल्लाबाट सल्केको आगोले थुप्रै निजि घरहरु समेत क्षति भएको जनाइएको छ । पुरानाबस्ती भएको शहरमा नयाँ दिल्लीको यी क्षेत्रमा साँघुरा गल्ली भएकोले नियन्त्रण गर्न कठिन भएको जनाइएको छ ।

घटनामा करोडौं रुपैयाँको बीमा दावी पर्ने देखिएको छ । करोडौं सम्पत्ति जलेर क्षति पुगेको स्थानीय प्रहरीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS