IME Life

मुक्तिनाथ र लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १८ दशमलव ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले भोली मंसिर २३ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंकले मंसिर ३० गते साधारण सभा गर्ने भएको छ । सभा होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान ११ बजेबाट सुरु हुनेछ ।

Prabhu
Crest

बैंकले गत आर्थिक वर्षको नाफाबाट १७.६० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गर्नेछ ।

त्यस्तै, लक्ष्मी बैंकको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने पनि आज अन्तिम दिन रहेको छ । पुस ६ गते साधारण सभा बोलाएको बैंकले सोमबार (मंसिर २३ गते) बुक क्लोज गर्दैछ । यसर्थ, आइतबारसम्म मात्र कायम सेयरधनीले लाभांश पाउनेछन् ।

लक्ष्मीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS