इटहरीचोकस्थित सूर्य कम्प्लेक्समा आगोलागी

Citizen Life Insurance Co

काठमाडौं । पूर्वी नेपालको व्यापारिक केन्द्र इटहरीको मुख्य चोकमा शनिबार रातिदेखि लागेको आगो आइतबार विहान मात्रै नियन्त्रणमा आएको छ ।

इटहरी चोकमा रहेको सूर्य कम्प्लेक्सको पाँचौ तल्लामा रहेको ‘बिग बार’ नामक रेष्टुरेन्टबाट सुरु भएको आगोलागी आज विहान ४ बजे मात्रै नियन्त्रणमा आएको हो । आगोलागीबाट भवन पूर्ण रुपमा जलेको छ । मध्यराति १२ बजे लागेको आगोले सो कम्प्लेक्समा रहेका अन्य पसलहरु जलेका छन् । आगोलागीबाट करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।

मध्यराति आगो लागेपछि इटहरी तथा विराटनगरदेखिका दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगोलागीको बीमा दावी पर्ने स्थानीय बीमा कम्पनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार