IME Life

कृषि बीमा २२% ले बृद्धि, तीन महिनामा २८ करोड बीमा शुल्क आर्जन

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कृषि (बाली तथा पशुपंक्षी) बीमा अन्तर्गत निर्जिवन बीमा कम्पनीहरुले २८ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोही अवधिमा कम्पनीले २३ करोड २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका थिए । गत बर्षको तुलनामा कृषि बीमा २२ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

निर्जिवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा ३१ हजार ८ सय ६३ पोलिसी बिक्रि गरी छ अर्ब ३० करोड रुपैयाँको बीमा गराएका हुन् । तीन महिनाको अवधिमा निर्जिवन बीमा कम्पनीहरुले पशुपन्छी तथा माछाबाट ५ अर्ब ८८ करोड रुपैयाँको जोखिम बहन गरी २६ करोड ५८ लाख ३२ हजार ६४८ रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

त्यस्तै, बालीबाट ४१ करोड ९२ लाख ५० हजार रुपैयाँको जोखिम बहन गरी एक करोड ९५ लाख ५७ हजार ४१३ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । किसानले पशुपंक्षी तथा माछामा १९ करोड ९३ लाख ७४ हजार ४८६ रुपैयाँ अनुदान प्राप्त गरेका छन् भने पाँच करोड ६१ लाख ४९ हजार २७१ रुपैयाँ भुक्तानी गरेका छन् ।

समितिको तथ्याङ्क अनुसार कृषि बीमामार्फत पहिलो त्रैमाससम्ममा २ सय वटा दाबी मार्फत ६ करोड ६६ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । पशुपन्छी तथा माछा बीमा अन्तर्गत ५ करोड ६१ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ भने बाली बीमा अन्तर्गत १ करोड ५ लाख १५ हजार ९८४ रुपैयाँ अनुदान पाएका छन् । सरकारले सरकारले कृषि बीमाको बीमाशुल्कमा ७५प्रतिशत अनुदान दिने व्यवस्था छ । बाँकी २५ प्रतिशत अनुदान कतिपय स्थानीय सरकारले व्यहोर्ने गरेका छन् ।

बीमा समितिले सबै जिल्लामा कृषि बीमाको सेवा पुराउने गरी कम्पनीहरूलाई जिल्ला बिभाजन गरेको छ । साथै, स्थायीय तहसँग सहकार्य गरेर बीमा सम्बन्धी अन्तरक्रिया पनि गर्दै आएको छ । हाल कृषि बीमा अन्तर्गत २२ ओटा प्रडक्ट छन्, त्यसमध्ये पशुपंक्षी बीमा अन्तरगत ६ र बाली बीमा अन्तरगत १६ थरीमा कृषि उत्पादन बीमा हुँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS