काठमाडौंको मनमैजुमा कामना सेवाको १०५ औ शाखा विस्तार

Citizen Life Insurance Co


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका वडा नं १० स्थित मनमैजुमो १०५ औ शाखा कार्यलय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले सयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत,नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारे । हालसम्म बैंकले १०५ वटा शाखा तथा ५४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आधुनिक बैंकिङसेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार