IME Life

नेपाल लाईफ इन्स्योरेन्सद्धारा अभिकर्ता पुर्नताजगी तालिम

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले बीमा अभिकर्ताहरुलाई पुर्नताजगी तालिम दिएको छ । नेपालमा जीवन बीमाको महत्व र प्रयोग बढ्दै गइरहेको बेला, सबैभन्दा बढी बोनरदर भएको नेपाल लाईफ ईन्सोरेन्सको बढी प्रचार प्रसार गर्न अभिकर्तालाई प्रशिक्षित गरिएको थियो ।

Prabhu
Crest

नेपाल लाईफका क्षेत्रीय निर्देशक दशरथ झाले – नेपालमा रहेका अन्य १९ वटा जीवन विमा कम्पनी मध्ये, उत्कृष्ट वीमा कम्पनी नेपाल लाईफ नै रहेको र विमितलाई प्रदान गरिने वार्षिक बोनस दर समेत उत्कृष्ठ रहेको बताए । ’

यस्तै कार्यक्रममा प्रमुख अतिथि, ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले– जीवनको मूल्यलाई ध्यानमा राख्दै, जोखिम बहन र बचत गर्न बीमाले मद्धत गर्ने भएकाले, सबै नेपाली नागरिकले विश्वसनीय विमा कम्पनी नेपाल लाईफलाई राज्नु पर्ने बताए । कार्यक्रममा नेपाल लाईफ इन्सोरेन्सका एजेन्सी म्यानेजर चेतन पौडेल, राम सुवेदी र शंकर गिरीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट एजेन्सी म्यानेजर र विजनेश कोर्डिनेटरहरुलाई सम्मान समेत गरेको थियोे भने, कार्यक्रमका प्रमुख अतिथि एवं ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीलाई मायाँको चिनो प्रदान गरिएको थियो ।

आयोजित प्रशिक्षणात्मक कार्यक्रममा नेपाल लाईफाका विजनेस कोर्डिनेटरहरु, प्रेम केसी, भुमिराज पौडेल, ईश्वरी कँडेल, हिरावहादुर सेन, ठगबहादुर शाही, समाजसेवी टंक प्रसाद पौडेल, ज्ञान प्रसाद कँडेल, शिक्षक लोकेन्द्र निरासी र उत्तम महतको आतिथ्यता रहेको थियो ।

एजेन्सी म्यानेजर लक्ष्मी सेनको स्वागत मन्तव्य तथा बुर्तिबाङ शाखा प्रमुख प्रनिस गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा ८० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS