युनियन लाइफद्वारा वैदेशिक रोजगार मृत्यु दाबी भुक्तानी

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार अन्तर्गतमृत्यु दाबी भुक्तानी वापत १४ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ ।

शुक्रबार लोशानामा एक कार्यक्रम आयोजना गरि जनकपुर उपमहानगरपालिका वडा नं २५ लोहना निवासी मोहम्म्द अताउर रहमानकी श्रीमती कुरेशा खातुनलाई वैदेशिक रोजगारको बीमा दाबी बापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त चेक प्रदेश नं २ का क्षेत्रीय प्रमुख शुसील चाँपागाईले मृतकको श्रीमतीलाई हस्तान्तरण गरेको हो । वैदेशिक रोजगारको क्रममा ओमान पुगेका मृतक रहमानको कोठामा सुतेर बिहान उठ्ने क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार