IME Life

७ अंकले बढ्यो नेप्से, नेपाल लाइफको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबार आज पनि शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ७ दशमलव ४५ अंकले बढेर १,१३१ दशमलव ९२ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह २ दशमलव ९३ प्रतिशत, १ दशमलव ७७ प्रतिशतले निर्जीवन बीमा समुह र माइक्रोफाइनान्स १ दशमलव ६१ प्रतिशतले बढेका छन् ।

आज पनि जीवन बीमा समुह, निर्जीवन बीमा समुह र माइक्रोफाइनान्सको शेयर किन्नलाई लगानीकर्ताहरु झुम्मिएको देखिन्छ ।

Prabhu
Crest

आज दिनभरिमा १ सय ६८ कम्पनीको १० लाख ९५ हजार १ सय ८८ कित्ता शेयर किनजबेच हुँदा ३५ करोड ८८ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेरेन्सको ३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनएमबि बैंकको २ करोड २२ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्त, नेपाल बैंक, हिमालयन डिस्टीलरी, सामुदायिक लघुवित्तको १ करोडमाथिको कारोबार भएको छ । एनआइसी एशिया, नबिल बैंक र नेपाल बङलादेश बैंकको भने ९० लाखमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समिट लघुवित्तका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै दिव्यस्वरी हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले नै गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS