ग्लोबल आइएमई लघुवित्तले माग्यो ५७ जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। संस्थाले उप प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि १ जना, अनुगमन अधिकृत, प्रदेश प्रमुख, मुख्य अधिकृत, वरिष्ठ अधिकृत र उप अधिकृतका लागि गरी ७ जना, लेखा परिक्षण विभागका लागि ४ जना, शाखा प्रबन्धकका लागि १५ जना र जूजियर प्रशिक्षर्थी सहायकका लागि ३० जना कर्मचारीको माग गरेको छ ।

संस्थाले भइरहेका विभिन्न शाखा कार्यालय तथा नयाँ शाखा कार्यालयका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार