IME Life

हाईब्रिड गाडीको मूल्य बृद्धि, भन्सार र अन्तुशल्कको छुट खारेज, बीमा प्रिमियम बढ्ने

SPIL
NIC ASIA

काठमाडौं । हाईब्रिड गाडीको नाममा दिएको छुटका कारण अन्य गाडीहरुलाई मार परेपछि सरकारले विद्युतीय र इन्जिन दुवै जडित गाडीलाई दिएको छुट सुविधा खारेज गरिदिएको छ । अर्थमन्त्रालयले गत मंसिर १६ गते राजपत्रमा एक सुचना प्रकाशित गरी चालु आबको बजेट बक्तव्यमार्फत हाईब्रिड गाडीलाई दिएको ५० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्क छुट सम्बन्धी व्यवस्था खारेज गरेको छ ।

हाईब्रिड गाडीको भन्सार र अन्तशुल्क खारेजसँगै गाडीको मूल्यमा प्रति ईकाई १० लाखभन्दा बढि मूल्यबृद्धि हुनेछ । त्यस्तै गाडीको मूल्यबृद्धि हुँदा सवारी साधन बीमाको शुल्कमा समेत बृद्धि हुने भएको छ ।

Prabhu
Crest

मन्त्रालयले भन्सार र अन्तशुल्क छुट सम्बन्धी व्यवस्था खारेजसँगै हाईब्रिड गाडीको मूल्य बृद्धि भएको छ । सरकारले वायु प्रदुषण न्यूनिकरण गर्न योगदान पुर्याउने भन्दै बजेटमार्फत छुट दिएको थियो । छुटसँगै हाईब्रिड गाडीलाई दिएको राजश्व छुटले सवारी साधन व्यस्थापनमा असर पारेको तथा भन्सार राजश्वमा समेत प्रभावित भएको तथ्यको आधारमा उक्त छुट सुविधा खारेज गरेको अर्थमन्त्रालयले जनाएको छ । सरकारले वातावरण संरक्षण गर्ने उद्देश्यले चालु आवको बजेटमार्फत हाईब्रिड गाडीमा छुट दिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS