नेपाल प्रहरीका डिएसपी ढुंगेललाई अदालतको पक्राउ पूर्जी

काठमाडौं । नेपाल प्रहरीका नायब प्रहरी उपरिक्षक कुमुद ढुंगेललाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अधिकृत ढुंगेलले रानीबारी डकैती काण्डमा संलग्न अभियुक्तलाई पटक पटक टेलिफोन सम्पर्क गरेको आधारमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

गत बैशाख २० गते नै प्रहरी प्रधान कार्यालयले निलम्वन गरेका डिएसपी ढुंगेललाई केही दिन पहिले काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । काठमाडौं जिल्ला अदालतबाट जारी भएको पुर्जी महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार