IME Life

कुलत छोडेर बीमा

SPIL
NIC ASIA

राम एक नीजि कम्पनीमा काम गर्दथ्यो । जागिरका साथै उसको व्यापार, व्यवसाय पनि थियो । रामको जागिर र व्यापार, व्यवसायबाट राम्रै आम्दानी आउथ्यो । राम्रै आय आर्जन भएको राममा कुलतको आदत थियो । दैनिक रुपमा १० वटा चुरोट खाने नराम्रो बानी बसेको थियो राममा । चुरोट मात्रै हैन् रामलाई  बेला बेलामा मदिरा पनि सेवन गरेर बेहोस बन्ने लत लागेको थियो ।

दैनिक रुपमा १० वटा चुरोट खाने बानि परेको रामले चुरोटको धुवासँगै दिनमा २०० रुपैयाँ गायव पार्दथ्यो । हप्तै पिच्छे विभिन्न ब्राण्डका मदिरा सेवन गर्ने बानी राममा थियो । उसलाई आफुमा लागेको यस्तो खराब बानि उ आफैलाई पनि मन पर्दैन थियो । तर लागेको बानी हत्तपत्त छुटाउन उसलाई गाह्रो भइरहेको थियो । मादक पदार्थमै रामले हप्तामा दुई हजार रुपैयाँ सकाउथ्यो ।

Prabhu
Crest

राम एक दिन चिया पसलमा चिया खाँदै थियो । त्यहि समय रामको भेट उसको मिल्ने साथीसँग हुन्छ । चियासँगै रामले चुरोट पनि खाईरहेको हुन्छ । त्यो देखेर उसको साथीले रामलाई चुरोट नखाने सल्लाहा दिन्छ । रामलाई साथीले सोध्छ चुरोट, रक्सीमा कति पैसा सकाउछौँ ? रामले उसको उत्तर दिन्छ चुरोटमा दिनमा २००  सय, रक्सीमा भने हप्तामा २ हजार जति जान्छ यार ।

हैट, तिमीले त महिनाको १४/१५ हजार रुपैयाँ चुरोट, रक्सी मै सकाउने रहेछौँ । बरु तिमीले यो पैसा जोगाएर जीवन बीमा गर्यौ भने त तिम्रो बचत पनि हुन्छ, बचतका साथै सुरक्षा पनि । राम अकमक्क पर्छ । रामले सोध्छ मलाई फेरी बुझाउ त, मैले तिम्रो कुरा बुझिन ।

रामको अभिकर्ता साथीले सबै कुरा विस्तारै बुझाउदैँ जान्छ । अब तिमी महिनामा रक्सी, चुरोट खाने पैसा बचाएर १० हजार जति जम्मा  गर्  । बचेको त्यो रकमले वार्षिक रुपमा तिमीले करिव एक लाख २० हजार बराबरको प्रिमियम तिर्न सक्छौँ । तिमिले १० वर्षे अवधिको बीमा गर्यौ भने करिब १३ लाख बराबरको बीमा हुन्छ । १० वर्षपछि तिमिले हालेको रकम र कम्पनीले दिने बोनससहित सो रकम तिमिले प्राप्त गर्छौ ।

बीमाको अर्को पनि फाइदा छ । बीचमा तिमी आफैलाई तलमाथि केही भयो भने तिम्रो परिवारले तिमीले गरेको बीमाको रकम र बीमा दावीवापतको रकम पाउँछन्, जसले गर्दा तिम्रो अभाव रहेतापनि परिवारमा आर्थिक सहायता मिल्दछ ।

यति सामान्य कुरा गर्दै उनीहरु छुट्टिन्छन् । राम घर जान्छ । साथीले भनेको कुरालाई रातभरि मनन् गर्दछ । धेरै बेरको सोचाई पश्चात निर्णयमा पुग्छ । कि अब म जीवन बीमा गर्छु । र कुलतबाट बाहिर निस्कन्छु ।

भोलिदेखि राम विस्तारै चुरोट र रक्सीको लतबाट टाढिदै जान्छ । चुरोट र रक्सीमा खर्चिने पैसा बचाउनलाई खुत्रुक्केको साहारा लिन्छ । बजारमा गई खुत्रुक्के किन्छ । त्यहि खुत्रुक्केमा दिनको चुरोटमा खर्च हुने रकम दुई सय र हप्ताको रक्सीमा हुने खर्च दुई हजार राख्न थाल्दछ ।

रामले खुत्रुक्केमा उक्त रकम राखेको महिनादिन पुग्छ । महिना दिनभरि जम्मा भएको खुत्रुक्केको रकम लिएर राम आफ्नो अभिकर्ता साथी कहाँ गई १० वर्षे अवधिको बीमा गर्छ । र भविष्यमा भैपरि आउने समस्यालाई समाधान गर्नका लागि तयार हुन्छ ।

रामले कुलतमा सकिने रकम बचाएर बीमा गर्यो । कुलतमा सकिने रकम बच्यो । साथमा उसको भविष्य पनि सुरक्षित भयो ।

तपाई हामीले पनि आफुमा भएको यस्तै खालका कुलतमा सकिने रकम बचाएर थोरै रकमको भएपनि जीवन बीमा गर्न सक्छौँ । दिनमा थोरै रकम बचाएर जीवन बीमा गर्यौ भने भविष्यमा हुने ठुलो जोखिमलाई सामना गर्न बीमा कम्पनीले सहयोग गर्दछन्  ।

उल्लेखित कथा काल्पनिक घटनामा आधारित कथा हो । कथाका पात्र  पनि काल्पनिक हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS