IME Life

सिटिजन लाइफको नयाँ शाखा काठमाडौंको जरङ्खुमा

SPIL
NIC ASIA

काठमाडौं । काठमाण्डौँको तारकेश्वरस्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । बीमाको पहुँच विस्तार गर्दै सर्वसाधारण जनतामाँझ आफ्नो उपस्थिति जनाउने उद्देश्यले आफ्नो १०५औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

उक्त नयाँ शाखाको उदघाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा तथा उप–मेयर भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवम् ब्राण्ड एम्बेसेडरद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।शाखा कार्यालयको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयाँल, तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनोज घिमिरे, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हिरामणि घिमिरे, नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, नगर चेम्बर अध्यक्ष राम प्रसाद महर्जनलगायतका सर्वसधारणको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तारकेश्वरका नगरपालिका लगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बीमा सुविधाका साथै बीमा शुल्कभुक्तानी, बीमादाबी, बीमा योजनाहरु सम्बन्धी जानकारी लगायतका विभिन्न जीवन बीमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले कम्पनीले नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

कार्यक्रममा मदन कृष्ण श्रेष्ठले आफ्नो जन्मथलो समेत रहेको यस स्थानमा कम्पनीले शाखा विस्तार गरी सहज तथा सुलभरुपमा स्थानीय वासिन्दाको पहुंचमा जीवन बीमा सेवा उपलब्ध गराउन लागेकोमा कृतज्ञता ज्ञापन गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS