मुक्तिनाथ विकास बैंकको मोबाईल बैंकिङ अभियान सुरु, टपअपमा २० प्रतिशत क्यास ब्याक

काठमाडौं । मुक्तिनाथ विकास बैंकको मोबाईल बैकिङ अभियान संचालनमा ल्याएको छ । बैंकले सूचना र प्रविधिलाई उचित प्रयोग गरी नगद रहित कारोबारलाई अघि बढाउन मोबाईल बैंकिङ अभियान संचालनमा ल्याएको जनाएको छ ।

यस अभियानमा हालसम्म बैंकको मोबाईल बैंकिङ मार्फत कुनै पनि कारोबार नगरेका ग्राहकहरुले नेपाल टेलिकम, एनसेल र स्मार्टसेल मोबाइल टपअप गर्दा पहिलो पटक गरको रकमको २० प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् ।

यो अभियान मसिंर १५ गतेदेखि फाल्गुण १४ सम्म संचालन हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार