सानिमा बैंकका सिईओ दाहाल बने बैंकर्स संघको अध्यक्ष

काठमाडौं । सानिमा बैंकका सिईओ भुवन दाहाल नेपाल बैंकर्स संघको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । दुई कार्यकाल संघको सदस्य समेत रहेका दाहाल नेपाली बैंकहरुको छाता संगठनको अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै संघको उपाध्यक्षमा एसबिआई बैंकका सिईओ अनुकुल भटानगर चयन भएका छन् । साथै संघको सदस्यमा सनराईन बैंकका सिईओ जनकशर्मा पौड्याल, एनएमबि बैंकका सिईओसुनिल केसी, मेगा बैंककी सिईओ अनुपमा खुञ्जेली र नेपाल बैंकका सिईओ कृष्ण बहादुर अधिकारी चयन भएका छन् ।

यस बर्ष गोविन्द गुरुङ रमेशराज अर्याल र सुमन शर्माबाहेक संघमा सबै नयाँ अनुहार चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार