IME Life

नेपाल र भारतका इन्स्योरेन्स इन्स्टीच्यूटबीच सम्झौता, पाठ्यक्रम र तालिममा सहकार्य हुने

SPIL
NIC ASIA

काठमाडौं । भारतको प्रख्यात इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया (आईआईआई) र नेपालको इन्स्योरेन्स इस्टिच्यूट (आईआईएन) बीच सहकार्य गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै बीमा समिति परिसरमा रहेको इन्स्योरेन्स इन्स्टीच्यूट अफ नेपाल (आईआईएन) ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ भने सो इन्स्टीच्यूटमार्फत दिइने तालिमले समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने भएको छ ।

Prabhu
Crest

दुई देशका बीमा तालिम सम्बन्धी आधिकारिक निकायबीच सहकार्य गर्ने सम्बन्धी एमओयुमा हस्ताक्षर भएको आईआईएनका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले इन्स्योरेन्स खवरलाई बताए । एमओयुमा बीमा समितिका कार्यकारी निर्देशक तथा आईआईएनका अध्यक्ष राजुरमण पौडेल तथा भारतीय कम्पनी आईआईआईका अध्यक्षले हस्ताक्षर गरेका छन् । दुई निकायका बीचमा मंसिर ११ गते नयाँदिल्लीस्थित आईआईआईको मुख्यालयमा हस्ताक्षर सम्पन्न भएको आईआईएनले जनाएको छ ।

सम्झौतापत्रमा प्रोफेशनल कोर्स विकास गर्ने, आईआईएनको सिर्टिफिकेटलाई मान्यता दिने र नेपालमा अध्ययनका लागि केन्द्र स्थापना गर्ने लगायतका सम्झौता गरेको सिईओ शर्माले बताए । गत साता चार सदस्यीय टोली भारतीय बीमा इन्स्टीच्यूटसँग छलफल गर्न त्यसतर्फ गएको थियो । टोलीमा इन्स्टीच्यूटका अध्यक्ष पौडेल, सिईओ शर्मा तथा अन्य दुई जना सञ्चालकहरु थिए । सहमतिपछि नेपालमा बीमा तालिम तथा दक्ष जनशक्तिको लागि ढोका खुलेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS